सोमबार, चैत्र २४, २०७६ || 788  पटक पढिएको

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ । सरकारले घोषणा गरेको लकडाउन आमनागरिकका लागि भएकाले त्यसबाट सचेत रहन र सुरक्षित गराउन प्रहरीको अनुगमन तीव्र पारिएको छ । जिल्लाअन्तर्गत बजार क्षेत्रमा माइकिङ गराउँदा सर्तक तथा कारवाही सन्र्दभमा प्रहरीले सूचनासमेत दिने गरेको छ । लकडाउन उल्लङ्घनको सन्र्दभमा व्यापक गुनासो आएपछि प्रहरीको सक्रियता बढेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा सुरक्षा निकायको बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो । घरमा सुरक्षित रहन र स्यानिटाइजको प्रयोग गर्न हेटौँडाका विभिन्न सङ्घ संस्थाले विज्ञप्तिमार्फत सचेत गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!