सोमबार, चैत्र २४, २०७६ || 800  पटक पढिएको

कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो । भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो । उहाँले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाउनुभयो । सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट ९बिओपी० मा थप प्रहरी पठाइएको छ । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित खडँैचा र बढैैैैैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँका अनुसार, बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फकाइने छ । डेरामा बस्ने विद्यार्थी बेखर्ची लकडाउनका लागि कर्णाली प्रदेशबाट नेपालगञ्जमा प्राविधिक शिक्षा अध्ययनका लागि डेरा बस्दै आएका विद्यार्थी बेखर्ची भएका छन् । कर्णाली प्रदेशको मुगु, हुम्ला, कालिकोट, सल्यान, दैलेख लगायत जिल्लाबाट नेपालगञ्जमा अध्ययन गर्न आएका करिव ७० जना विद्यार्थीले नेपालगञ्ज उपमहानगरपालिका पुगेर आफुहरु भोकै बस्ने अवस्था आएको जानकारी गराएका हुन् । वडा कार्यालयले विपन्न र मजदुरलाई राहत वितरण गरेपनि आफूहरु बेखर्ची हुनुपरेको उनीहरुको गुनासो छ । हुम्लाका विद्यार्थी चन्द्र बोहराले भन्नुभयो, “भएको चालम दाल सकियो, साथमा रुपैयाँ पनि छैन, लकडाउनले हामीजस्ता विद्यार्थीको बिचल्ली भएको छ । वडा कार्यालयले समस्या नसुनेपछि नगरपालिका गएका हौँ ।” सत्तारुढ नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य मोहित शाहले नेपालगञ्जका शिक्षण संस्थामा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेकाले लकडाउन लम्बिदै जाँदा समस्या भएको बताउनुभयो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले विद्यार्थीलाई सहयोग गर्ने बजेट नभएकाले प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न शुरु गरिएको स्थितिमा विद्यार्थीको समस्याबारे बोर्ड बैठक गरेर निर्णयमा पुगिने जनाउनुभयो । सङ्क्रमितसँगै आउने तीनको पहिचान कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ । सङ्क्रमित युवासँगै भारतबाट आएका यूठानका तीन रहेका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक÷एक जना रहेको जानकारी दिनुभयो । तीनै जनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । स्वास्थ्य सामग्री अभावमा परीक्षणमा समस्या रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको चेकजाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मलगण नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । हाल जिल्लामा भारतबाट भित्रिनेको सङ्ख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा पूर्णबहादुर पुनले बताउनुभयो । सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि ती काम नलाग्ने भएको जनाइएको छ । मास्क, सेनिटाइजर जस्ता सामाग्री अभावका कारण जोखिम मोलेर बिरामी चेकजाँच गर्नुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!