नायक सरोज खनाल लकडाउन र कोरोना भाइरसको संक्रमणको बखत अमेरिका उडेका छन् । उनी अमेरिकी नागरिकको रुपमा आइतबार चाटर्ड विमानबाट उडेकोमा आज विहान उनी चढेको विमान अवतरण हुँदैछ ।

यसअघि अमेरिका जाने योजना गर्दागर्दै उनी नेपालमा नै अड्कीएका थिए । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएको छ । खनाल भने लामोसमय अमेरिकाको बसाईपछि नेपाल फर्किएर अभिनयसँगै ब्यापार समेत गर्दै आएका थिए । लकडाउनले उनको पोल्ट्री फार्ममा पनि असर गरेको छ । विमानमा नेपाली मुलका अमेरिकनहरु समेत रहेका छन् ।

नेपालमा रहेका आफ्ना ३ सय बढी अमेरिकन नागरिकलाई लिएर चार्टड विमान उडेको थियो । अमेरिकी समय अनुसार साँझ ११ बजेर २५ मिनेट जाँदा वासिंटन डिसी मेट्रो एरियामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन लागेको हो ।

अमेरिकी सरकारकाले नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिका ल्याउनका लागि चार्टड गरेको यो दोश्रो विमान हो । यस अगाडि ३०२ जना अमेरिकनलाई बोकेर नेपालबाट चार्टड विमान अमेरिका आइसकेको छ । बाँकी रहेकाहरुलाई आज ल्याइदै गरेको हो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासको पहलमा अमेरिकी विदेशमन्त्रालयले कतार एयरवेजको विमान चार्टड गरेको हो । उक्त विमान दोहा हुँदै अमेरिका आउने क्रममा रहेको छ ।

अमेरिकी दूतावासले भनेको छ – ‘यो सबै नेपालस्थित अमेरिकी मिशनका सबै सदस्यहरूले अमेरिकन सिटिजन सर्भिसेजको लागि गरेको लगातार मेहेनत र नेपाल सरकारका विभिन्न निकायहरूको अत्यन्तै सकृय सहयोगको प्रतिफल हो। यस्ता संकटको घडीमा अमेरिकी नागरिकहरूको सकुशलता नेपालस्थित अमेरिकी मिशनको पहिलो प्राथमिकता हो। हामी यात्रारत सबैलाई शुभयात्राको कामना गर्दछौं

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!