खबर ठुलो छ

कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने अरु पाँच जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत मार्च १७ देखि अहिलेसम्म जेलमुक्त हुनेमा दुई हजार ९६१ जना रहेका छन् । श्रीलंकाका अधिकांश कारागारमा वास्तविक क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएकाले रिहा गरेर कटौती गरिएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार, चैत्र २३, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया