नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेको अवस्थामा खेतबारी र खोला खोल्सा हुँदै नेपाल प्रवेश गर्नेहरू बढेका छन् ।मुख्य नाकाहरूमा दुवै देशका सुरक्षाकर्मी खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरू बढेका हुन् । भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरू सर्लाही र महोत्तरीको सीमामा पर्ने हर्दी खोला हुँदै नेपाल प्रवेश गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । यस्तै केही मानिस सीमा क्षेत्रको उखु र गहुँ खेतबाट जिल्ला प्रवेश गरिरहेका पाइएको छ ।कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण बढिरहेको अवस्थामा भारतका विभिन्न स्थानबाट लुकिछिपी गाउँ आइरहेकाले गर्दा जोखिम बढेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका युवा सतेन्द्र यादवले जानकारी दिए । उनका अनुसार त्यसरी लुकिछिपी आएकाहरू क्वारेन्टाइनमा नबसेर खुलेयाम हिँडडुल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!