बिराटनगर महानगरपालिकाको युवा अभियान्ता ले विराटनगर महानगरपालीका वार्ड न. १५ को पारिजातटोल ,पशुपतीटोल ,भट्टा,हडताली हाटमा रहेका ६० भन्दा वढी अति बित्पन्न घर लाईपरिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेका छन । विराटनगरका युवा अभियान्ता राहुल भट्टराईले राहत वितरण गरेका हुन। साे राहत बितरण कार्यक्रममा बिराटनगर का युवा अभियान्ता दिपेश धिमाल र युवा ब्यवसाही राज भट्टराईको सहभागिता रहेको राहुलले बताए । अति बिपन्न परिवारमा बितरण गरिएको राहत सामाग्रीमा चामल, दाल तथा एक हप्तालाई पर्याप्त हुने गरि तेल,गेडागुडी लगयात सामाग्री प्रदान गरेको हाे । राहत बितरण कार्यक्रममा वार्ड न:१५का जन प्रतिनिधि र प्रहरी लगायतको उपस्थिती थियो ।साथै सुरक्षित रहन सामाजीक दुरिको अभ्यास समेत गराएको युवा अभियन्ता राहुल भट्टराई ले बताए।