काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२ सवारी साधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ । सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

यसैगरी लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई सिन्धुपाल्चोक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । उनीहरुसहित प्रहरीले विनाइजाजत सवारी साधन चलाउने सात जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपाय, साबुपानीले हात धुने तरिका आदिबारे प्रशिक्षण दिनुभएको
कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा २९ जना क्वारेन्टाइनमा
मेलम्ची– सिन्धुपाल्चोकमा स्वास्थ्य परीक्षणपछि २९ जनालाई क्वोरन्टाइनमा राखिएको छ । लामोसाँघुस्थित ग्रामीण महिला सिर्जनशीललको क्वेरन्टाइनमा विदेशबाट आएका २४ र जिल्ला अस्पतालको क्वारेन्टाइनमा पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । ।
चौतारा साँगाचोकगढी ७ मेलचौरस्थित क्वारेन्टाइनमा भारतको बैंगलोरबाट आएका पाँच जनालाई स्वास्थ्य परीक्षणपछि राखिएको छ । नगरपालिकाका अनुसार पाँचै जना वडा नं ८ इर्खु, चिलाउनेका हुन् ।
आफ्नो छरछिमेकमा कोही परदेशबाट आएको पाइएमा तुरुन्त नगरपालिकामा जानकारी गराउन नगर प्रमुख अमानसिं तामाङले अनुरोध गर्नुभएको छ ।
मेलम्चीमा क्वारेन्टाइन
मेलम्ची नगरपालिका ४ ले कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई राख्नका लागि चार शय्याको क्वारेन्टाइन तयार गरेको छ । मेलम्ची ४ थकनीको ओखरेनी चौरको धौलेश्वरी आधारभूत विद्यालयमा क्वारेन्टाइन बनाइएको वडा सदस्य कृष्णकुमार तामाङले जानकारी दिनुभयो । विसं २०७२ को भूकम्पका समयमा रेडक्रस सोसाइटीले दिएका पुराना शय्या प्रयोग गरी क्वारेन्टाइन निर्माण गरिएको छ ।
पछिल्लो समय वडाभरिमा वैदेशिक रोजगारबाट आएका तीन जना छन् । तिनलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानीमा राखिएको छ ।

गाउँपालिकाले तोक्यो स्वास्थ्यकर्मी

रसुवा –ग्रामीण भेकमा कुनै पनि रोगको संकेत देख्नासाथ पहिलो स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले स्थानीयस्तरमै स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको छ । कोभिढ १९ का कारण गाउँवासी त्रसित भइराखेका अवस्थामा स्वास्थ्यमा आएको समस्या पहिचान गरी द्रुत रूपले उपचार विधिमा लान सहजीकरणका लागि आफ्नो इलाका क्षेत्रमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइसकिएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।
गाउँपालिका क्षेत्रमा पर्यटनस्थल, धार्मिक क्षेत्र, अन्तरराष्ट्रिय राजमार्गसमेत भएका कारण कोरोना भाइरसको अलावा पर्न सक्ने विविध स्वास्थ्य समस्या पहिचान र प्रारम्भिक उपचारसमेत गर्न सात स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिइएको बताइएको छ ।

कोरोना भाइरसका कारण मानव जगत्मा बढेको त्रास न्यूनीकरण गर्न रसुवामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले इमान्दारीपूर्वक आआफ्ना स्थानबाट सेवा दिइरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!