औषधी व्यवसायी जितु रजकले लकडाउनका कारण प्रभावित भएका परिवारलाई घरैमा गएर राहत वितरण गरिरहेका छन् ।
दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएकालाई विपन्न परिवारलाई खाद्यान्नको अभाव भएपछि उनले घरघरमा पुगेर राहत दिएका हुन् ।
प्रत्येक घरमा चामल १० किलोसहित आलु, प्याज, दाल, खुर्सानी तथा मास्कसमेत वितरण गरेका हुन् । रजकका परिवारले सामग्री प्याकिङ गरेर सिमावर्ती क्षेत्रका टोलबस्तीमा घरघरमा पुगेर दिंदै आएका छन् ।
लकडाउनका बेला विपन्न वर्ग भौकै बस्नुपर्ने अवस्था आएको भन्दै घरघरमा राहत दिइरहेको रजकले बताए । आफु जन्मेको क्षेत्रमा राहत सामग्री वितरण गरिएको उनले बताए ।
अन्य स्थानमा समेत राहत सामग्री सहयोग गर्ने योजना बनाएको जानकारी दिए ।
जितुका छोराछोरीसहित श्रीमती मिलेर राहत सामग्री प्याकिङ गर्दै आएका छन् । आफुहरुले कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क, सावुर र पानी ट्याङ्कीसहितका सामग्री उपलब्ध गराएको जितुले बताए ।