छिमेकी को घरमा भूखले रोएको,चिल्लाएको बालबालिका लाई अरु बेला माया न गर्ने , आफ्नो टोलमा सरसफाई अभियान हूदा मेरो संयोजनमा भएन म किन शामिल हुने सोंच भएको महान व्यक्तित्वहरु अहिले संक्रमण यानी सरुआ रोग कोरोना को त्रासले दुनिया त्रसित भएको बेला …..समाज प्रतिको सबै भन्दा सचेत व्यक्ति म नि छू साबित गर्न समाजसेवि, समाजिक अभियंता र सरसफाई अभियंता भएर बाजार घुमन नया उपाय खोज्नु र निकाल्नु भएको छ । तपाईहरुको समाज प्रतिको लगाव लाई सलाम गर्न चाहन्छु ….. अभियन्ताज्यू
बधाई र सफलताको कामना पनि गर्दैछु अभियंताज्यूहरु…..तर अहिलेको बेला बाढ़ी , भूकम्प , हवाहुरी , पहिरो , चिसोको कठंगमा लुगा बांटने , धार्मिक रथ यात्राहरुको बेला फल र शर्बत खुआउने समय होइन … सोचनु हजुर ।कोरोना जस्तो संक्रमित महामारी रोगको बिकट बेलाको एक एक दिन बिताउदैछू हामी …..
तपाइको सानो गलती कोरोना संक्रमण लाई तीव्र गर्न सक्छ । तीव्र मात्र होइन हाम्रो जीवन लीला लाई पनि समाप्त गर्न सक्छ ।
तपाई लाई समाज सेवा गर्न इच्छा छ भने सर्वप्रथम आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिएर आफ्नो परिवार लाई संक्रमित हुनु बाट जोगाउनु । ठुलो पुण्य हुन्छ । तपाई को परिवार संक्रमित भएन भने टोल नि कोरोना को संक्रमण बाट जोगिने हो । त्यसपछि पूरा शहर होइन आफ्नो टोल लाई मात्र सेनिटाईज गर्न प्रयास गर्नु । आफ्नो आसपास डंपिंग भएको फोहर खास ग़री पानी भएको ठाउँ लाई किरोसिन तेल र डी.डी. टी को छिड़काव गरेर लामखुट्टे उत्पन्न हुन बाट रोक्ने प्रयास गर्नु । न त फेरी कालाजार र डेंगू आउछ । आफ्नो घरको फोहर लाई घर मै व्यवस्थापन गर्नु । रोड़मा ल्याएर न फाल्नु । न त फोहर ले फेरी अर्को महामारी निम्तियॉउछ । आफ्नो आफन्त र साथी भाई लाई ई बैंकिंग बाट केहि आर्थिक सहयोग त्योपनि बिना बापसीको शर्तमा सहयोग गर्नु सोंच बनाउनु। छिमेकी घर परिवार लाई सहयोग सहकार्य गर्नु तर #अरु_संग_मांगेर_होइन आफ्नो घरको साधन र संसाधन ले छिमेकी लाई अन्न र धनको सहयोग गरम । साथै कपोल कल्पित दवाब सृजना गरेर आफ्नो संस्थाको नाममा सरकारी निकाय संग बजट लिएर दान गर्ने नाटक न गर्नु । अहिले को समयमा सरकारी निकाय लाई आफ्नै जन शक्तिको प्रयोग गर्न दिनु । सरकारी निकाय संग तलवी व्यूरोक्रेसी , जनप्रतिनिधि र प्रहरी प्रशासन लाखो को संख्यामा हुनु हुन्छ …
सबै भन्दा राम्रो घरमा बसेर हामी लाई संक्रमित रोग बाट जोगाउन मा तपाई को पनि भूमिका र सहयोग होस हामी सदैब हजुरको ऋणी हुनेछौ । सुरक्षा निकायहरु , डॉक्टर , स्वास्थ्य- कर्मी र सरकारले गरेको काम माथि केहि दिन बिश्वाश गर्न प्रयास गरम … हामी धेरै सुरक्षित छू तर तपाईको सानो गलतीले सबै लाई तबाह गर्न सक्छ । म पनि कोरोना महामारी विरुद्ध फाल्गुन र चैत महीनामा दर्जनों चेतनामूलक अभियान गरे । तर अहिले एक मात्र उपाय लॉकडाउन भएको ले लॉक डाउन को आत्मसात गरेर घरमा छू । विश्वस्त छू तपाई को सानो सहयोग ले हामी कोरोना जस्तो महामारी बाट मुक्ति पाउने छू । आफू पनि सुरक्षित हुन्छु र तपाई पनि सँगै आगामी दिनमा फेरी यस्तो दिन न हेर्नु परोस त्यसको लागि सामाजिक बदलाव र विकृति बिरुद्ध को अभियानमा निःस्वार्थ भएर सहकार्य गरौला ।
हामी शिक्षित र जागरूक तबकाको व्यक्ति छू हामी नि समाजिक दूरी बुझने भएर पनि त्यसको पालना न गरे हाम्रो छिमेकी त्यो पनि कम पढ़े लेखेको काका काकी , भाई बहिनी कसरी पालना गर्ने हो ।
मंदिर मस्जिद गुरुद्वारा र चर्चमा अवस्थित तेस्रो शक्ति पनि हामी लाई यस्तो बेला सहनशीलता , शक्ति देउस कामना गर्दैछू ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!