कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि आम सर्वसाधारणदेखि काँचको पर्दामा देखिने कलाकारसम्म घरमै सीमित भएका छन् । वर्षभरी छायांकनमा व्यस्त हुने कलाकारहरु अहिले परिवारसँग समय विताइरहेका छन् । सामाजिक सञ्जालको माध्यमबाट आफ्ना शुभचिन्तकलाई सावधानी अपनाउन पनि उनीहरुले अपिल गरिरहेका छन् ।गएको एक वर्षदेखि काँचको पर्दामा नदेखिएका अभिनेता सलिनमान बनियाँ पनि ‘लकडाउन’ का कारण घरभित्रै छन् । हेर्नुस भिडियो

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘यात्रा’ पछि कुनै नयाँ फिल्म साइन नगरेका उनले क्वारेन्टाइनको समयमा आफ्नो सौख पूरा गरिरहेका छन् । अभिनेता बन्ने कहिल्यै कल्पना समेत नगरेका उनलाई म्याजिक (जादू) देखाउन भने बाल्यकालदेखि नै निकै मनपर्थ्यो । फुर्सदको समयमा साथीहरुलाई तासको म्याजिक देखाउने गरेका उनले त्यसको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिरहेका हुन्छन् । ‘लकडाउन’ को समयमा भने उनले घरमै तासको ‘म्याजिक ट्रिक्स’ को भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।अभिनेता सलिनमानले क्वारेन्टाइनमा बसेर दिक्दार भएकालाई रमाइलोका लागि म्याजिक देखाएको बताएका छन् । उनले तासको जादू देखाउनुभन्दा अगाडि सम्पूर्ण नेपालीलाई घरमै विशेष सावधानी अपनाएर बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो एकदमै संवेदनशिल समय हो । मेरो अनुरोध छ सबैजना घरभित्रै बस्नुहोला ।’ सलिनको तासको ‘म्याजिक ट्रिक्स’ लाई दर्शकहरुले निकै मन पराएका छन् । यस प्रकारका भिडियो अरु पनि बनाउन दर्शकले उनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!