बिहिबार, चैत्र २०, २०७६ || 865  पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङमा सडक निरीक्षण भन्दै कोरला नाका घुम्न जाने दुई सरकारी गाडीलाई लोमानथाङका जनप्रतिनिधि र स्थानीय युवाले बाटोमै गाडी रोकेका छन् । लकडाउन समयमा सरकारी गाडी दुरुपयोग गरी पास बनाएर गाडी चलाएको भन्दै गाउँलेले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका गाडीलाई लोमान्थाङबाटै फर्काएका लोमानथाङ गाउँपालिका–५ का वडाध्यक्ष नवाङ कुङ्गा विष्टले जानकारी दिनुभयो । सरकारकै कर्मचारीले नियम उल्लङ्घन गरेकाले गाडी बजार क्षेत्र प्रवेश गर्न नदिइएको स्थानीय युवा सोनाम ढुक्के गुरुङले जानकारी दिनुभयो । लकडाउन अवधिमा मुस्ताङ सार्वजनिक, निजी र सरकारी गाडी चल्न स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले अतिआवश्यक सेवाबाहेक कुनै पनि प्रयोजनमा सवारी साधन चलाउन छुट नभएको बताउनुभयो । उहाँले सो सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गर्नुभयो । सडक निरीक्षणमा आयोजना प्रमुख अशोक तिवारी, इञ्जीनियर अस्विनी यादवलगायत अन्य गैरव्यक्ति पनि भएको स्थानीयवासीले बताएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीबाट जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमबाट कोरलाको ११० किलोमिटर सडकमा सात वटा प्याकेज छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!