बिहिबार, चैत्र २०, २०७६ || 657  पटक पढिएको

सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ । कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ । इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरुलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताउनुभयो । उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरुले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गर्नुभयो । दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताउनुभयो । छ जना क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई सुनसरीमा रहेका क्वारेन्टाइनमा बुधबार राखिएको छ । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिका ६ मा रहेको क्वारेन्टाइनमा भारतको दिल्लीबाट आएका चार जनालाई राखिएको भोक्रहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताउनुभयो । त्यसैगरी हरिनगर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा दुई जनालाई राखिएको छ । भारतको पञ्जाबबाट आएका तिनलाई सीमाबाट बुधबार नियन्त्रणमा लिएर हरिनगर १ स्थित बिजी अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको हरिनगर स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापाले बताउनुभयो । एउटाको पास, अर्कै काममा प्रयोग खोटाङ– जिल्लामा एउटा प्रयोजनका लागि सवारी साधनको अनुमति लिएर अर्कै काममा प्रयोग गरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन घोषणा गरिएसँगै जिल्ला प्रशासन कार्यालय बाट अत्यावश्यक सामान ढुवानीका लागि भनेर अनुमति लिएका टिपर, ट्रक र र ट्रयाक्टरमा यात्रु तथा निर्माण सामग्री ओसारपसार गरेको पाइएको हो । दश स्थानीय तह रहेको जिल्लामा सञ्चालित अधिकांश विकासनिर्माणका योजनामा बाहिरी जिल्लाका कामदार ल्याउने गरिएको छ । उनीहरुलाई घर पठाउन निर्माण व्यवसायीले ती साधनको प्रयोग गरेको पाइएको हो । निर्माण व्यवसायीले मङ्गलबार मात्रै ना ६ प ६०५३ नम्बरको ट्रयाक्टरमार्फत १५ कामदारलाई घर पठाएका छन् । यात्रुवाहक सवारी नपाएको भन्दै निवेदनसहित अनुरोध गर्न आएपछि मानवीय हिसाबले एउटा ट्रयाक्टरलाई मात्र यात्रु बोक्ने प्रयोजनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बताउनुभयो । कसैलाई भोकै नराख्ने नीति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा कसैलाई भोकै नराख्ने नीति लिएको छ । कोरोना भाइरसको सम्भावित खतरालाई लक्षित गरेर सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको ‘लोककल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “आवश्यकताको पहिचान गरेर आवश्यक खाद्यान्न उपलब्ध गराउने गरी प्रत्येक वडामा रु एक÷एक लाखका दरले रकम बजेट विनियोजन गरिएको हो ।” खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधिसमेत रहने गरी समिति गठन गरिएको जनाइएको छ । १५ वडा रहेको सो नगरपालिकाले यसअघि दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेका उदयपुर र पथरी मोरङका १९ कामदार तथा दिक्तेल बजारका १७ घर विपन्न परिवारलाई करिब १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो । भोजपुर क्वारेन्टाइनमा १२ भोजपुर– क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १२ पुगेको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा मानिसहरु क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!