कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएसँगै सो विमानमा नेपाल आउनेमध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितबारे मन्त्रालयले थप जानकारी दिएकाे छ ।

चैत ४ गतेको कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटमा उनीहरु नेपाल आएका थिए भने सो विमानमा २०५ जना यात्रु थिए ।

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । यस्तै शनिबार पनि सोही बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो ।

स्वास्थय मन्त्रालयका अनुसार हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!