बिहिबार, चैत्र २०, २०७६ || 680  पटक पढिएको

कोभिड–१९) संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवागन्तुकलाई गाउँ पस्न पूर्ण रोक लगाएका छन् । जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सूँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् । गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तविर रावतले राससलाई जानकारी दिनुभयो ।
“यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौंँ”, रासससँग कुरा गर्दै वडाध्यक्ष रावतले भन्नुभयो, “प्रत्येक गाउँले नयाँ मान्छे आए गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजाने भनेर सूचना गरेका छौंँ ।” गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभाकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।
उहाँका अनुसार गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुने सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर हेरालो पनि राखिएको छ । नियम तोडे कारवाही पनि गरिने छ । लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँ तथा वडापालिका, स्थानीय राजनीतक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उहाँले जनाउनुभयो ।
यसपालि माइती गएनौंँ
कोरोना भाइरसको जोखिमबाट बच्न वर्षेनी चैतेदशँैंमा माइत जाने यहाँका छोरीचेलीसमेत यसपालि माइती गएनन् । तिला ८ जुम्लाकोटकी कमला बुढाले यस वर्षको चैते दशैंँमा माइती नगएको बताउनुभयो । बुढाले भन्नुभयो, “सरकारले घरमै बस भनेको छ । बाहिर जाँदा जीवन लिने कोरोना सर्छ भनेकोले यस पालिको चैतेदशैंँ माइती नजाने निधो गरेका हौं ।”
सोही वडाकी हरिकला विकले पनि प्रत्येक वर्ष चैतेदशैंँमा माइत जाने र विश्वाँ (चैत्र २०) पर्व मनाउने धोको यस वर्ष पूरा नभएको बताउनुभयो । विकले भन्नुभयो, “पहिलो हामी सबैको जीवन सुरक्षित हुनुप¥यो । सबै बाँच्नु प¥यो । बाँचेपछि माइती, आफन्त र साथीसंगिनी भेट्ने दिन आउलान् त ?” गाउँ नजीक अस्पताल नै नभएकाले कसैगरी कोरोनाले छोयो भने के गर्ने होला भनेर चिन्ताले पिरोलेको उहाँको भनाइ थियो ।
कोरोनाबारे दुर्गम गाउँका नागरिकलाई अधिकतम सचेतना दिन गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा नेतृत्वको स्वास्थ्य, सुरक्षा तथा सञ्चारकर्मी पत्रकारको टोली त्यहाँ पुगेको छ । पालिकाभरिका नौवटै वडाका गाउँमा पुगेर कोरोनाबारे सचेतना जगाउने र नागरिकलाई कोही कसैसँग घुलमेल नगरी घरमै बस्न गर्न आग्रह गर्ने हेतुले गाउँमा पुगेको उपाध्यक्ष बुढाले बताउनुभयो ।
लकडाउनपूर्व नै भारतबाट आएका बाहेक दुईजना तेस्रो मुलुकबाट र १२ जना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!