बुधबार, चैत्र १९, २०७६ || 986  पटक पढिएको

सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ ।देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जी भारतबाट स्वदेश फर्कने क्रममा सीमानाकामा अलपत्र परेकी थिइन् ।

भारतको दिल्लीस्थित गाजीयावादमा ९ दिनअघि सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल–भारत सीमाको बेलहिया नाकामा अलपत्र परेकी थिइन् । सीमामा अलपत्र परेको थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुधबार बिहानैदेखि उद्दारको पहल गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए । उद्दारका लागि नगरप्रमुख घिमिरेसहित तिलोत्तमा नगरपालिकाको टोली अपरान्ह ४ बजे बेलहिया पुगेको थियो । यसका लागि प्रमुख जिल्ला अधिकारी पन्थले भारतीय सुरक्षा अधिकारीहरुसँग नेपाल ल्याउने बारेमा समन्वय गरेका थिए ।

सुत्केरीको समयमा उद्दार हुन नसकेपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो । अन्य नेपालीसँगै आफ्नो देश फर्किएकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन नदिएकाले दुई दिनसम्म अलपत्र परेकी हुन् ।

लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन् । उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उनको अवस्था देखेर खानाको प्रबन्ध गरेका थिए ।

दुई र तीन वर्षे अन्य दुई छोरीसहित श्रीमान् मनोजको पनि उद्दार भएको छ । तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ । अव परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले सुत्केरीको अवस्था देखेर आफूलाई निकै दया लागेको बताए । “सुत्केरी अलपत्र परेको खवर सुन्नासाथ म धेरै चिन्तित भएँ, समयमै उद्दार गर्नुपर्छ भन्ने लाग्यो र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरें र उद्दारको काम सफल भयो”–उनले भने ।

लक्ष्मीको परिवार बसको फलामे सिटमा कोचीएर शनिबार साँझ सुनौली नाका आइपुगेका थिए । सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ । तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका थिएनन् । हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्नेमा त्यो सपना जस्तै भएको उद्दारपछि लक्ष्मीले बताइन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!