बुधबार, चैत्र १९, २०७६ || 639  पटक पढिएको

जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई राहत दिन संघीय सरकारले दिएको निर्देशनानुसार स्थानीय तहले लगत सङ्कलन शुरु गर्दैछन् । पाँचथरका एक वडाध्यक्षले भने श्रम नगरी दैनिकी चलाउन समस्यामा पर्ने वडावासीलाई आफ्नै लगानीमा खाद्य सामग्री वितरण गर्नुभएको छ । हिलिहाङ गाउँपालिका ३ का वडाध्यक्ष मदन गौतमले आफ्नो वडाका १२ परिवारलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । गौतमले प्रत्येक परिवारलाई १५ किलोका दरले चामलसहित तेल, नुनलगायत दैनिक आवश्यकीय खाद्य सामग्री उपलब्ध गराउनुभएको छ । “गाउँघरमा काम गरेर गुजारा गर्ने, एकल महिला तथा अतिविपन्न परिवारलाई व्यक्तिगत लगानीमा लकडाउन अवधिभरि पुग्ने खाद्य सामग्री दिएको हुँ”, वडाध्यक्ष गौतमले भन्नुभयो, “गाउँ भए पनि काम नगरी खान नपुग्ने परिवारहरु छन् । उनीहरुलाई मैले सहयोग गर्नैप¥यो ।” गौतमले आगामी दिनमा समेत वडाका अतिविपन्न परिवारलाई ब्यक्तिगत रुपमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । लकडाउन र क्वारेन्टाइन प्रबन्धको कार्यान्वयनमा जोड लकडाउन र क्वारेन्टाइनमा राख्ने प्रबन्धको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाले जोड दिन थालेका छन् । यही चैत १ गतेयता विदेशबाट फर्केकामध्ये झण्डै एक तिहाइ क्वारेन्टाइन बाहिर रहेको तथा लकडाउनको प्रभावकारी कार्यान्वयनसमेत हुन नसकेपछि यस्तो आवाज उठ्न थालेको हो । यस्तै दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धता, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको प्रबन्ध, सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन जोड दिइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण, सतर्कता र प्रतिकार्यका लागि भएका कामको प्रभावकारी अनुगमन गर्नसमेत स्थानीय प्रशासन र स्थानीय तहमाथि दवाव दिन थालिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न गराउन जिल्लावासी तथा सरकारी निकायलाई अपिल गरेको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारी आह्वानको पालना र विदेशबाट फर्किएकाहरुले क्वारेन्टाइनमा बसेर सहयोग गर्नु मात्रै विकल्प रहेको औँल्याउँदै लकडाउनको प्रभावकारी कार्यान्वनयमा लाग्न आह्वान गरेको छ । यसैबीच फिदिम नगरपालिकामा दैनिक ज्यालादारी कामदारको तथ्याङ्क सङ्कलन थालिएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री तथा औजार उपकरणको प्रबन्धको प्रयास भए पनि पर्याप्त सामग्री उपलब्ध हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । जिल्लामा कार्यरत कामदारलाई घरसम्म पु¥याउने कार्यसमेत जारी छ । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण, सतर्कता र प्रतिकार्यका लागि भएका काम निकै ढिलो र सुस्त भएका कारण जिल्लामा खबरदारी गर्ने क्रम शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!