कर्णाली प्रदेश सरकारले विकट जिल्ला हुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र उपकरण पु¥याएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलसहितले जिल्ला अस्पताललाई औषधि र उपरकण हस्तान्तरण गर्नुभएको हो । हेलिकोप्टरमा ल्याइएको पिपीइ ५०, कोरोना हातेपुस्तिका १०, पम्पप्लेट छ हजार थान, फ्लेक्स कोरोना व्यानर दुई थान, पिपीइ आईसोलेसन पाँच थान, थर्मोगन एक, सर्जिकल ग्लोब्स १०, पिपीइ चाइनिज ६० थानसहित हुम्लामा १८ प्रकारका औषधि र उपकरण प्राप्त भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । सङ्घीय सरकारले पठाएको औषधि र उपकरण मङ्गलबार हुम्ला आइपुगेको हो । मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले हुम्लीलाई रोग र भोकले मर्न नदिने भन्दै हुम्लाका नागरिकले सरकारले गरेको लकडाउनलाई ध्यान दिनुपर्ने बताउनुभयो ।