
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सिन्धुपाल्चोक र बाँके जिल्लाका सभापतिहरूले समर्थन जनाएका छन्। पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनको सफलताका लागि उनीहरूले विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन्।

कांग्रेस सिन्धुपाल्चोकका सभापति अंगबहादुर लामा र बाँकेका सभापति नारायणप्रसाद गौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको आयोजना सफल बनाउन पार्टीका नेता र कार्यकर्ताहरूसँग सहयोग र एकता जुटाउन आह्वान गरेका छन्।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको आयोजनाबारे विवाद बढ्दै जाँदा पार्टीका विभिन्न नेताहरू र कार्यकर्ताहरू खुलेर आफ्नो धारणा सार्वजनिक गर्दै गएपछि पछिल्लो समय विशेष महाधिवेशनको पक्षमा धेरै जिल्लाका सभापतिहरूले समर्थन जनाएका छन्।