हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 292  पटक पढिएको

काठमाडौं– नेकपा एमाले भोजपुर जिल्ला कमिटीको मंगलबार बसेको छैठौँ पूर्ण बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सचिव शेरधन राईलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ।

बैठकमा शरणकुमार राईले शेरधन राईको नाम प्रस्ताव गरेका थिए भने प्रदेश कमिटी सदस्य रोशन बस्नेतले समर्थन गरेका थिए। प्रस्ताव र समर्थनपछि बैठकले शेरधन राईलाई सर्वसम्मत उम्मेदवारका रूपमा टुंग्याएको हो।

मंगलबारै सम्पन्न उम्मेदवार छनोट बैठकमा शेरधन राई, रोशन बस्नेत र शरणकुमार राई गरी तीन जनाले दाबी प्रस्तुत गरेका थिए। लामो छलफलपछि शरणकुमार राईले अन्तिम पटक उम्मेदवारी दिने इच्छा शेरधन राईले व्यक्त गरेकाले आफूले उनको नाम प्रस्ताव गरेको बताए।

त्यसैगरी रोशन बस्नेतले पनि पार्टीको हित र एकतालाई ध्यानमा राख्दै एकपटकका लागि शेरधन राईलाई समर्थन गर्ने घोषणा गरेपछि उम्मेदवार छनोट सर्वसम्मत भएको बैठकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!