पोखरा। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुमार खड्का र नेकपा एमालेका नेता तथा पर्यटन व्यवसायी पुष्प अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

शनिबार पोखरामा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। कार्यक्रममा लायन्स क्लबका नेता मिलन थापाले पनि कांग्रेस परित्याग गर्दै रास्वपाको सदस्यता लिएका छन्।

कुमार खड्का यसअघि अखण्ड नेपाल पार्टी हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसबाट उनी महिला तथा बालबालिका मन्त्री र पछि प्रदेशको भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए। पछिल्लो समय पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरेको थियो।

पुष्प अधिकारी पोखरास्थित रुपाकोट रिसोर्टका सञ्चालकसमेत हुन्।

नवप्रवेशी नेताहरूलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झालगायत पार्टीका नेताहरूले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!