काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादबारे आफ्ना निकट नेताहरूसँग छलफल गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायत नेता–कार्यकर्तासँग उनले महाधिवेशन र पार्टीको वर्तमान अवस्थाबारे सुझाव तथा धारणा संकलन गरेका हुन्।

विशालनगरस्थित सम्पर्क कार्यालयमा सम्पन्न छलफलमा मुलुकमा देखिएको समग्र संकट, वर्तमान राजनीतिक विषम परिस्थितिको निकास तथा पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई कसरी सुरक्षित र व्यवस्थित रूपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर विचार–विमर्श भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले हालै गरेका निर्णय र महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनसम्बन्धी प्रस्तावबीच समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत गहन छलफल भएको थियो।

त्यसैगरी आगामी आम निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने र पार्टीभित्र देखिएका विभिन्न धारलाई एउटै दिशामा लैजाने उपायबारे पनि सहभागी नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिबाट कारबाही मिनाहा पाएका नेताहरूलाई पुनः पूर्ववत् जिम्मेवारीमा फर्काउने व्यवस्था मिलाउन नेतृत्वले पहल गर्नुपर्ने मागसमेत उठाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!