हिपमत डटकम

बुधबार, पौष १६, २०८२ || 108  पटक पढिएको

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो। यसअघि मंगलबार पनि सुनको मूल्यमा उल्लेखनीय गिरावट देखिएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ रहेको थियो भने सोमबार २ लाख ७० हजार रुपैयाँ थियो। आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९५० रुपैयाँ रहेको चाँदी बुधबार घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!