काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरून् भन्ने कामना व्यक्त गरेकी छिन्।

तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै नेपालीको जीवनमा सुख, शान्ति र समुन्नति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेकी हुन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई यी पर्वहरूको अवसरमा हार्दिक शुभकामना दिएकी छिन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरून्। सबै नेपालीको जीवनमा सुख र समुन्नति होस्।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!