काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरा घटनाप्रति चिन्ता व्यक्त गर्दै एमाले नेताहरूको भ्रमण रोकिए चुनाव प्रक्रिया कसरी अघि बढ्छ भनेर प्रश्न उठाएका छन्। बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले कर्फ्यू जारी गरेको थियो।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “सिमरा घटना दुःखद छ, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण। भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?” उनले निर्वाचनमा आउन सबै पक्षलाई आग्रह गर्नुपर्ने र आवेगका अभिव्यक्तिमा संयम अपनाउनुपर्ने बताए।

शर्माले यस घटनालाई जेनेजेको भावना नभई दुरुपयोग भएको उल्लेख गर्दै भनेका छन्, “सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिनेले कसैको भ्रमण अधिकारमा हस्तक्षेप गर्न सक्दैनन्। निषेधको राजनीति नगरौं।”

उनले यो समयमा संयम, एकता र संवैधानिक अधिकारको सम्मान आवश्यक भएको पनि जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!