
काठमाडौँ ।
सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका स्थानीय तहका अध्यक्षहरूलाई फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि मन्त्रालयमा बोलाएका छन्।

बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले आजदेखि फोहोर फाल्न रोकेपछि मन्त्रीले तत्काल बैठक आह्वान गरेका हुन्। नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङको निमन्त्रणामा उनीहरू काठमाडौं आएको बताएका छन्।
“हामी मन्त्रीज्यूको बोलाहटमा आएका हौँ। धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य पनि आउँदै हुनुहुन्छ। म मन्त्रालयमै आइसकेँ, अन्य जनप्रतिनिधिहरू पनि आइरहेका छन्। फोहोर समस्याबारे निर्णायक वार्ता गर्ने तयारीमा छौँ।”रातोपाटीसँग तामाङले भने ।