हिपमत डटकम

बुधबार, मंसिर ०४, २०८२ || 3747  पटक पढिएको

सिमरा, बाराः प्रशासनले कर्फ्यू जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ। महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएको कार्यक्रम सिमरामा तनावका कारण सामान्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिए। जनप्रदर्शन भने स्थगित गरिएको छ।

सिमरा विमानस्थलमा जेनेजेको प्रदर्शनका कारण जहाज नगएपछि नेताहरू काठमाडौंमै रोकिएका छन्। विभिन्न स्थानबाट भेलामा सहभागी हुन आएका कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्यूका कारण बाटैमा रोकिएका छन्। श्रेष्ठका अनुसार पाँच हजार मानिस बाटैमा रोकिएका छन्, तर परवानीपुरस्थित डीएभी स्कुल र चयनपुर चौरमा दुई हजारभन्दा बढी सहभागी भेला भइसकेका छन्।

भेलामा मधेसका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन्। मुख्य सडक नजिकै आयोजना गरिएको भेलालाई सुरक्षा व्यवस्था सहित सञ्चालन गरिने नेता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!