
काठमाडौँ।मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो ।

उक्त प्रस्तावमा सात दलले समर्थन गरेका थिए । ७६ सांसदको उपस्थित थिए । यसअघि मण्डलले पाँच सांसदलाई हटाएका थिए । दलहरूले मण्डलकाे उक्त कदमकाे विराेध गर्दै आएका थिए ।