हिपमत डटकम

सोमबार, मंसिर ०२, २०८२ || 933  पटक पढिएको

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध चलिरहेको ‘मानवताविरुद्धको अपराध’ सम्बन्धी मुद्दामा आज फैसला आउने भएको छ। स्थानीय समय अनुसार सोमबार बिहान ११ बजे अदालतले फैसला सुनाउने कार्यक्रम रहेको छ।

अभियोजन पक्षले तत्कालीन प्रधानमन्त्री हसिना र असदुज्जमां खान कमालविरुद्ध अधिकतम सजाय — मृत्यु दण्ड माग गरेको छ।

यसैबीच, बंगलादेशको सर्वोच्च अदालतले सेनाको मुख्यालयलाई पत्र जारी गर्दै फैसला अघि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) को सुरक्षा व्यवस्थालाई कडा पार्न आग्रह गरेको छ।

शेख हसिना र तीन अन्य अभियुक्तहरूका सम्बन्धमा सुनाइने आजको फैसला इजलासबाटै प्रत्यक्ष प्रसारण गरिने भएको छ। बंगलादेश टेलिभिजन (BTV) ले सम्पूर्ण कारबाही लाइभ प्रसारण गर्ने जनाएको छ।

गत वर्ष विद्यार्थी आन्दोलनलाई दमन गर्न अत्यधिक बल प्रयोग गरेको र ठूलो संख्यामा हत्या भएको आरोपमा हसिना र उनका सहयोगीविरुद्ध मुद्दा दायर गरिएको हो। हसिना हाल भारतमा आश्रय लिएर बसिरहेकी छिन् र उनीमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएकी छन्।

उनका समर्थकहरू सडकमा उत्रिने सम्भावनालाई ध्यानमा राख्दै देशभर कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!