हिपमत डटकम

बिहिबार, कार्तिक २८, २०८२ || 535  पटक पढिएको

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्न चीनको **‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’**सँग सम्झौता गरेको छ। राष्ट्र बैंकका अनुसार, सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि गरिएको हो।

राष्ट्र बैंकका अनुसार, ५० रुपैयाँ दरका नोटका लागि बोलपत्र मिति २०८२–०४–०९ मा आह्वान गरिएको थियो। सम्झौताको कुल मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब १ करोड ४२ लाख अमेरिकी डलर) रहेको छ।

यसअघि, २०८२ साउन ९ गते (२५ जुलाई २०२५) राष्ट्र बैंकले राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव दिने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो।

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!