
तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किलोमिटर दुई लेन कालोपत्र सम्पन्न भएको छ। ३७ किलोमिटर लामो उक्त खण्डमा अहिलेसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ।

उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार, भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ। उनले बताएअनुसार, २९.६१ किलोमिटर सडकमा दुईतर्फी (चार लेन) र ७.७९ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ।
चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपत्रको कार्य सम्पन्न भएको छ। सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन्। पश्चिम खण्डका १२ मध्ये ११ पुल र १०५ कल्भर्ट पनि बनिसकेका छन्।
सहरी क्षेत्रमा सडक ‘सर्भिस लेन’सहित छ लेन, र अन्यत्र चार लेनको सडक निर्माण हुने बताइएको छ। आयोजनाअनुसार, पोखराको सेती पुलदेखि तल्लो गगनगाउँडासम्मको सडक छ लेनको हुनेछ।