
काठमाडौँ । आइतवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रवार यसको मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँमा थियो।
यसैबीच, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ।