हिपमत डटकम

आइतबार, कार्तिक २४, २०८२ || 696  पटक पढिएको

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्काल प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले २५ दिनमै मधेस प्रदेश सरकार ढलेको र तीन बर्षमा चार मुख्यमन्त्री फेरिएको उदाहरण दिँदै प्रदेश संरचना खारेज गर्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन, ‘२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।’

विश्वास र अविश्वासको खेलका कारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्रप्रसाद सोनल नेतृत्वको मधेश प्रदेशको सरकार २५ दिनमै ढलेपछि उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने दाबी गरेका छन् ।

१० दलको प्रतिनिधित्व रहेको १०७ सदस्यीय प्रदेश सभाका जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको समर्थनमा सोनल गत असोज २९ गते मधेश प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए ।

सोनल सरकारलाई विश्वासको मत सुनिश्चित गर्न ५३ मत आवश्यक पर्दथ्यो । तर, माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहबर अन्सारी र माला कर्णले पक्ष-विपक्षमा मतदान नगर्ने उद्घोष गरेसँगै ५२ मत मात्रै आउने देखिएपछि सोनलले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!