
रंगेली, २१ कात्तिक। ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरीहरु अहिले ३ वटा सटरभित्र रहेको साधुरो कोठामा रात बिताउन बाध्य भएका छन्।

बजारको मुख्य भागमा अवस्थित कार्यलयले विगत ३४ वर्षदेखि जनताको सुरक्षा सुनिश्चित गर्दै आएको छ। तर पुरानो भवन बेकामे भएपछि प्रदेश सरकारले ५१ लाखको लागतमा नयाँ भवन निर्माण सुरु गरेको भए पनि जगमात्र उठाएर बेवारिसे अवस्थामा छोडिएको छ।
हाल दाेहमना, अमरदह र बल्डङ्गा प्रहरी चौकीका लागि सुरु गरिएको निर्माणकार्य पनि अधूरो छ। २३ जनाको दरवन्दि रहेको भएतापनि अहिले ७ जना मात्रै शान्ति सुरक्षा खटिरहेका छन्।
सरकारले आवश्यक बजेट र ध्यान दिएर निर्माणकार्य चाँडै पूरा गर्नु पर्ने माग उठिरहेको छ।
