हिपमत डटकम

शुक्रबार, कार्तिक २२, २०८२ || 10635  पटक पढिएको

काठमाडौँ, २१ कात्तिक। कर्मचारी कटौतीको निर्णयप्रति असन्तुष्ट संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने तयारी गरेका छन्।

सिंहदरबारमा जारी छलफलपछि दिउँसो साढे ३ बजे भेट तय भएको हो। प्रतिनिधिसभाका सभामुख देवराज रिमालको सचिवालयले भेट समयको जानकारी दिएको छ।

पदाधिकारीहरूले भोलि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरी निर्णय फिर्ता लिन दबाब दिने कार्यक्रम तय गरेका छन्। यसअघि गत १७ कात्तिकमा उनीहरूले प्रधानमन्त्रीसँग भेट गरी कर्मचारी र सुविधा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!