
काठमाडौँ, २१ कात्तिक। कर्मचारी कटौतीको निर्णयप्रति असन्तुष्ट संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने तयारी गरेका छन्।

सिंहदरबारमा जारी छलफलपछि दिउँसो साढे ३ बजे भेट तय भएको हो। प्रतिनिधिसभाका सभामुख देवराज रिमालको सचिवालयले भेट समयको जानकारी दिएको छ।
पदाधिकारीहरूले भोलि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरी निर्णय फिर्ता लिन दबाब दिने कार्यक्रम तय गरेका छन्। यसअघि गत १७ कात्तिकमा उनीहरूले प्रधानमन्त्रीसँग भेट गरी कर्मचारी र सुविधा कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका थिए।