हिपमत डटकम

शुक्रबार, कार्तिक २२, २०८२ || 1225  पटक पढिएको

 काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेका छन्।

शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लवको निवासमा पुगेर नेताद्वयले भेटघाट गरेका हुन्। हाल नेतात्रयबीच छलफल जारी रहेको स्रोतले जनाएको छ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको एकता प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका नेताहरूबीच नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावनाबारे चर्चा भइरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टी विभाजन अघि नै जनार्दन शर्मा, राम कार्की र घनश्याम भूसालले विप्लव लगायतका नेताहरूसँग नयाँ वाम ध्रुवीकरणको सम्भावनाबारे अनौपचारिक कुराकानी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!