
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ ।

पार्टीको आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजित बैठकमा देशभरका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बैठकमा कार्यवाहक सभापति डीपी अर्याल ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपसभापति डा. स्वर्णिम वाग्ले ले आगामी निर्वाचनका लागि वाचा पत्र (घोषणापत्र) को मस्यौदा पेश गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, बैठकमा प्रदेश सभापतिहरूले आफ्ना–आफ्ना प्रदेशअन्तर्गतका जिल्लाहरूमा पार्टी संगठनको वर्तमान अवस्था र गतिविधिबारे विस्तृत ब्रिफिङ दिनेछन्।