लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा नं. ६ ठूलोबेसीमा न्यादी हाईड्रोपावरमा कार्यरत चीनिया नागरिक र स्थानीय बासिन्दा बीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामाग्री भारतबाट ल्याएको भन्दै बिरोध गरेपछि झडपको अवस्था आएको हो । भारतबाट हाईड्रोपावरलाई आवश्यक सामाग्री सहितका दुई ट्रक आएको र गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाईनीजहरु कुटपीटमा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले बताउनुभयो । पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्राएपछि स्थानीयहरु रुष्ट भएका थिए । आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने भारतबाट सामाग्री ल्याएपछि कोरोनाको डर बढकोले बिरोध जनाएको बताएका छन् । हेर्नुहोस् यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!