काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ५०० र १००० रुपैयाँ दरका नोट खारेज गर्न माग गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकबाट जारी गरिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भ्रष्टाचार, तस्करी र कालोधन नियन्त्रणका लागि यस्तो कदम आवश्यक भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “देशलाई भ्रष्टाचारी, तस्कर र माफियाको कालोधनबाट बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्छ।”
पार्टीले यस विषयमा राज्यलाई दबाब दिने निर्णय समेत गरेको जनाएको छ।