हिपमत डटकम

बुधबार, आश्विन २९, २०८२ || 743  पटक पढिएको

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले फागुन २१ मा तोकिएको निर्वाचन पनि नहुने दाबी गरे ।

‘चुनाव हुनेवाला छैन, सरकारले चुनाव गराउने तयारी नै गरेको छैन, यो अवैध सरकार हो,’ अध्यक्ष ओलीले भने । उनले अहिलेको सरकारले प्रतिगमनको बाटो समातेको आरोप लगाउँदै संविधान र अदालतका अघिल्ला फैसलाले पनि प्रतिनिधिसभा विघटनलाई स्वीकार गर्न नसकिने बताए ।

ओलीले पूर्व प्रधानन्यायाधीश आफैँले फैसला गरेर आफैँ प्रधानमन्त्री बन्ने काम असंवैधानिक भएको भन्दै आलोचना गरे । संसद् भङ्ग, प्रधानमन्त्रीको राजीनामा माग्ने र आन्दोलनलाई हाइज्याक गर्ने प्रयास भएको उनको दाबी छ ।

पार्टीभित्र फागुन २१ मा चुनावमा जानुपर्ने आवाज उठिरहेका बेला उनले उक्त निर्वाचन नहुने जिकिर गरे । सुशीला कार्की नेतृत्वको सरकारको प्रसङ्ग उल्लेख गर्दै, उनले विगतका निर्णयहरूलाई उदाहरणस्वरूप प्रस्तुत गरे ।

साथै, ओलीले नेकपा एमालेलाई देशको प्रमुख शक्ति भन्दै अन्य पार्टीहरू हावामा उड्ने ‘सिमलका भुवा’ भएको टिप्पणी गरे । उनले संविधान, लोकतन्त्र र संसद् पुनर्स्थापनाको पक्षमा लाग्न अन्य दलहरूलाई आह्वान गर्दै, बाटो बिराएका नेताहरूलाई पनि एमालेमै फर्कन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!