हिपमत डटकम

मंगलबार, आश्विन २८, २०८२ || 452  पटक पढिएको

काठमाडौँ — संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट निवेदन दर्ता भएका छन्। मंगलबार पेश भएका रिटहरूमार्फत वर्तमान कामचलाऊ सरकारलाई दीर्घकालीन प्रभाव पर्ने निर्णयहरू नगर्न माग गरिएको छ।

रिटमध्ये एक निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार, सरकार अहिले कामचलाऊ अवस्थामा रहेकाले संविधानको मर्म विपरीत दीर्घकालीन निर्णय गर्न नहुने तर्क गरिएको छ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका थिए। सो निर्णयसँग असहमति जनाउँदै नागरिक र कानुनी वृत्तबाट रिटहरू दर्ता भएका हुन्।

सर्वोच्च अदालत प्रशासनका अनुसार पेश भएका सबै रिटहरू अध्ययनको प्रक्रियामा छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!