सिरहाको सुखिपुर नगरपालिका का वडा नं ८ का युवाहरुले अति विपन्र परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । सोमबार युवाहरुले प्रहरी सगँ मिलेर कोरोना संक्रमन रोकथाम गर्ने उदेश्यले आफै मिलेर ५ गरिब तथा विपन्र परिवारलाई खादन्न समाग्री घरमै गएर दिएका छन् साथै सरकारले गरेको लकडउनमा घरमै बस्ने सलाह र कोरोनाका बारेमा जनचेतना समेत दिएका छन् । विश्व महामारी को रुपमा फैलिएको कोराना भाईरस का कारण लकडन एक साताको अवधि समाप्त भए पछिल्लो पुन नेपाल सरकारबाट फेरि साता दिनको अवधि थप भएको हुदाँ यस नगरपालिका भित्र रहेका अति विपन परिवार र ज्यालादारीमा काम गरी बिहान बेलुका छाट टार्न अति नै कष्टकर भएको हुनाले ५ परिवारलाई माक्स लगायत दैनिक प्रयोग हुने खादन्न वितरण गर्ने भएको छ ।