सरकारले विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरेपनि मिर्चैया नगरपालिकाको जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखले चाँसो लिएको छैन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को डरले नेपालमा यत्तिबेला सनसनी छाएको छ । नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना भाइरस एकबाट अर्कामा सर्ने भएकाले समाजिक दुरी बढाउन सरकारले देश नै लकडाउन गरेको छ । कोरोना रोकथामका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई विशेष सक्रिय भएर लाग्न निर्देशन दिएको छ । सरकारले जनप्रतिनिधिहरु, स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहित आम नागरिकलाई देश बाहिरबाट घर फर्किएकाहरुको खोजी गरेर उनिहरुको अवस्था पहिचान गर्न अपिल गरेको छ । यस्ता व्यक्तिहरुलाई तत्कालै स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई सरकारले भनेको छ । तर, सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. १२ सिक्रौनमा दुईजना बैदेशिक रोजगारबाट फर्केका छन् । मिर्चैया नगरपालिका वडा नं. १२ सिक्रौन घर भएका रामपति कापर गत ७ गते र त्यसको दुई दिनपछि अजय कापर पनि कत्तारबाट आएका हुन् । सरकारले विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य जाँच र क्वारेन्टाइनमा बस्न अनिवार्य गरेपछि स्थानीयहरुले उनीहरुको लागि जनप्रतिनिधि र कर्मचारीलाई पटकपटक आग्रह गरेपनि चाँसो लिएका छैनन्,स्थानीयहरुले बताए । उनीहरुको कम्तिमा स्वास्थ्य जाँच गर्न र क्वारेन्टाइनमा राख्न सम्बन्धित निकायमा फोन गर्दा कुनैबेला फोन नै लाग्ने, फोन नउठ्ने, फोन काटिदिने र सम्पर्क भएपनि चाँसो नलिएको स्थानीयहरुको गुनासो गरेको छ । एकजना स्थानीयले यस सम्बन्धमा जानकारी गराएपछि पहल गर्न मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवसँग शनिबार सम्पर्क गर्दा उनले स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्ने बताए । तर न त स्वास्थ्य जाँच गरेको छ न त क्वारेन्टाइनमा अहिलेसम्म राखिएको छैन” यो विषयमा मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार सिंहलाई फोन गरेपछि उनी गैरजिम्मेवार शैलीमा कुरा गरे ।

उनीहरुको कम्तिमा स्वास्थ्य जाँच र त्यस्तो देखिए क्वारेन्टाइनमा सिफ्ट गर्न गरिएको आग्रहमा उनले कसैले केहि भन्दैमा नगर्ने प्रतिक्रिया दिए । उनीहरुमा केही गडबडी देखिए मात्र केही गर्ने बताए । यस सम्बन्धमा वडा नम्बर १२ का वडाध्यक्ष तपेश्वर यादवसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । त्यसै गरि गत चैत १२ गते मिर्चैया नगरपालिका वडा नं. ७ मा रहेका मारुती होटल र होटल होलीडेमा क्वारेन्टाइन स्थापना गरेको थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!