हिपमत डटकम

बुधबार, आश्विन १५, २०८२ || 2609  पटक पढिएको

काठमाडौं, १५ असोज
बडादसैंको अवसरमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले बुधबार नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाआर्चना र सङ्कल्प पूजा सम्पन्न गर्नुभएको छ।

नेपाल प्रहरीले हरेक वर्ष परम्परागत रूपमा आयोजना गर्दै आएको यो पूजामा आईजीपी खापुङले बलि पूजा गर्नुका साथै निशानमा पञ्जा छापसमेत लगाउनुभएको थियो।

पूजाको अवसरमा विशेष योगदान पुर्‍याउने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी र नगद पुरस्कार तथा प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

सो कार्यक्रममा आईजीपी खापुङसहित अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी अधिकारीहरूले मौलो परिक्रमा गर्नुभएको थियो। पूजा सम्पन्न भएपछि मौलाबाट मूलकोत, हनुमानढोकातर्फ निशान प्रस्थान गराइएको थियो। साथै, पुजारीबाट टीका र प्रसाद समेत ग्रहण गरिएको थियो।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट ल्याइएको हो। निशानमा दुई झण्डा हुन्छन्—मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा रामधनुषको चिन्ह अंकित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र मात्रै अंकित हुन्छन्।

प्रहरी संगठनले राष्ट्र र जनताको सुरक्षा तथा शान्ति कायम राख्ने जिम्मेवारी वहन गर्ने भएकाले शक्ति र समर्पणको प्रतीकस्वरूप निशान झण्डाको पूजा गरिन्छ। संगठनमा कुनै अनिष्ट नहोस् र कार्यहरूमा सफलता मिलोस् भन्ने कामना सहित यो परम्परा पछ्याइँदै आएको हो।

नेपाल प्रहरीले वि.सं. २०११ सालदेखि निशान झण्डा प्राप्त गरेपछि प्रत्येक वर्ष बडादसैं र चैतेदसैंमा मौलो पूजा गर्दै आएको छ। सोहीअनुसार देशभरका विभिन्न प्रहरी इकाईहरूमा समेत आजैको दिन मौलो पूजाको विधिपूर्वक आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!