
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। ‘श्रम संस्कृति पार्टी’ नामक दलको लागि उनले भदौ ६ गते आयोगमा निवेदन पेश गरेका हुन्।

साम्पाङले आफ्नो नयाँ पार्टीका लागि चुनाव चिन्हको रूपमा ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन्। आयोगका एक अधिकारीका अनुसार निवेदनमाथि हाल दल दर्ता सम्बन्धी ऐन तथा नियमावलीअनुसार आवश्यक कागजात पुगेको/नपुगेको अध्ययन भइरहेको छ र त्यसपछि निर्णय लिइनेछ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चिन्ह लिएर मेयर पदमा निर्वाचित भएका थिए।