
जनकपुर, मधेस — मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको छ। पेज करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पुनः नियन्त्रणमा आएको सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीको सचिवालयमार्फत सञ्चालित ‘CM Satish Singh’ नामक पेज ह्याक भएको पुष्टि गर्दै, पुनः प्राप्तिपछि सोही पेजबाट एक स्टाटसमार्फत जानकारी सार्वजनिक गरिएको हो।
सूचनामा भनिएको छ, “माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयमार्फत सञ्चालित फेसबुक पेज ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आइटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ।”
सचिवालयले यो ह्याकिङलाई मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गर्दै भनेको छ, “यस घटनाले हाम्रो हौसला घटाएको छैन, बरु अझ सशक्त भएर अघि बढ्ने प्रेरणा मिलेको छ।”