मोरङ ।“उच्च शिक्षामा छोरीको पहुँच हाम्रो अभियान” नारासहित जहदा गाउँपालिका–३ मा स्तानक तहमा अध्ययनरत छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

वडा अध्यक्ष अनिल कुमार ठाकुरको पहलमा सो कार्यक्रम अन्तर्गत १५ जना छात्रालाई पाठ्यक्रमअनुसारका पुस्तक, कापी, कलम, ब्याग लगायत सामग्री प्रदान गरिएको हो। साथै, सरकारी क्याम्पसमा अध्ययनरत छात्रालाई नि:शुल्क पढाइका साथै सम्पूर्ण शैक्षिक सामग्री वडा कार्यालयमार्फत उपलब्ध गराइने अध्यक्ष ठाकुरले जानकारी दिए।

“आर्थिक कारणले धेरै छोरी उच्च शिक्षाबाट वञ्चित भइरहेका छन्। त्यसैले सम्पूर्ण खर्च बेहोरेर पनि उनीहरुको सहज पहुँच सुनिश्चित गर्ने अभियान सुरु गरेका हौं,” उनले भने।

स्थानीयवासीले अध्यक्ष ठाकुरको यो पहललाई नमूना कार्यक्रमको रुपमा स्वागत गरेका छन्। उनीहरूले जहदा गाउँपालिकाका अन्य वडामा पनि यस्तै कार्यक्रम विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्।

सामुदायिक नेतृत्वमा छोरीहरुको शिक्षामा गरिएको लगानीले दीर्घकालीन रुपमा “शिक्षित जहदा, समृद्ध जहदा” निर्माणमा टेवा पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!