हिपमत डटकम

बिहिबार, आश्विन ०९, २०८२ || 301  पटक पढिएको

काठमाडौं, भदौ ९ – आगामी निर्वाचनको तयारीमा जनमत पार्टी सक्रिय रुपमा जुटेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले सामाजिक सञ्जालमार्फत आम नागरिकसँग सुझाव माग्दै निर्वाचन अभियानलाई तीव्र बनाएका छन्।

डा. राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंको निर्वाचन क्षेत्रमा जनमत पार्टीलाई जिताउन को–कसलाई पार्टीमा ल्याउनुपर्छ? कसलाई उम्मेदवारी दिनुपर्छ? कृपया सुझाव दिनुहोस्, छलफल थाल्नुहोस्, र पार्टी प्रवेश गर्नेहरूको सूची तयार गर्नुहोस्।”

उनले जनमत पार्टीलाई जिताएर जनताले आफ्ना अधिकार सुनिश्चित गर्न सक्ने दाबी पनि गरेका छन्।

सरकारले आगामी फागुन २१ गते (२०८१ साल) का लागि निर्वाचनको मिति तोकेसँगै विभिन्न राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!