हिपमत डटकम

बुधबार, आश्विन ०८, २०८२ || 1952  पटक पढिएको

काठमाडौँ – नेपाल प्रहरीले ७ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले रिक्त रहेका युनिटहरूमा इन्स्पेक्टरहरूको पदस्थापन गरेका हुन्।

इन्स्पेक्टर कैलाश लिम्बु खापुङलाई मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा सरुवा गरिएको छ। यस्तै, इन्स्पेक्टर दीपक थापालाई मकवानपुरको इलाका प्रहरी कार्यालय मनहरीमा पठाइएको छ। उनी यसअघि पर्साको पोखरिया इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।

इन्स्पेक्टर दानबहादुर मिरिङचिङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, उदयपुर र शालिकराम तिम्सिनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिराहा सरुवा गरिएको छ।

त्यसैगरी, इन्स्पेक्टर सपना खड्कालाई सिन्धुलीको इलाका प्रहरी कार्यालय डकाहा पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत कमल राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा काज सरुवा गरिएको छ।

(सम्पादकको सूचना: समाचारको शीर्षकमा ७ जना भनिए पनि प्रारम्भिक रूपमा कम विवरण समेटिएको थियो, हाल संख्यात्मक त्रुटि सच्याइएको छ।)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!