हिपमत डटकम

शुक्रबार, भाद्र १३, २०८२ || 15203  पटक पढिएको

काठमाडौँ, साउन १३ – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना औँल्याइएको भए पनि अहिलेसम्म औपचारिक टुङ्गो लागेको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले “भारतीय पक्षबाट व्यस्त कार्यक्रम रहेको जानकारी आएको” भन्दै भेट हुने सम्भावना अहिले करीब १० प्रतिशत रहेको बताएका छन्।

यसअघि पनि अमेरिका र थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा प्रधानमन्त्री ओली र मोदीबीच आकस्मिक भेटवार्ता भएका थिए। चीनमा पनि यस्तै किसिमको साइडलाइन भेटवार्ता हुनसक्ने परराष्ट्र स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीन, रुस, भियतनाम, माल्दिभ्स, लाओस, र कम्बोडियाका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भइसकेको छ।

उनको भ्रमणको मुख्य उद्देश्य तियानमेनमा हुने शाङ्घाइ सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागिता हो। भदौ १७ मा बेइजिङ प्रस्थान गर्ने ओलीले त्यहाँ फासीवादविरुद्धको युद्ध विजयको ८०औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन्। प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!