हिपमत डटकम

शुक्रबार, भाद्र १३, २०८२ || 8924  पटक पढिएको

काठमाडौँ, साउन १३ – लगातारको संसद् अवरोधका बीच सभामुख देवराज घिमिरेले सबै दलहरूलाई संवादमार्फत सहमति जुटाई सदनलाई मूल लयमा फर्काउन अपिल गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख घिमिरेले भिजिट भिसा प्रकरणको छानबिनलगायत माग राखी प्रतिपक्षी सांसदहरू बैठकमा सहभागी नभएकोप्रति चिन्ता व्यक्त गरे। उनले संसद् संस्थागत लोकतन्त्रको आधारशिला भएकोले असहमति मात्र नभई सहमतिको थलोको रूपमा प्रयोग हुनुपर्ने बताए।

“बैठक सुरु हुनासाथ असहमति देखाएर बाहिरिने प्रवृत्ति दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ,” घिमिरेले भने। उनले संघीयताको सुदृढीकरणका लागि संसद्मा विचाराधीन विधेयकहरूमा गम्भीर र रचनात्मक बहस आवश्यक रहेकोसमेत बताए।

सभामुखले प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा सबै माननीयहरूको उपस्थिति आवश्यक रहेको भन्दै सत्तापक्ष र विपक्ष दुवैलाई संवाद र सहकार्यका लागि आह्वान गरे।

तर, सभामुखको अपिलपछि पनि रास्वपा र राप्रपाका सांसदहरू आफ्नो भनाइ राखेर सदनबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!